पोखरा महानगरको क्वारेन्टिन रित्तिएपछि कसले खायो ६ लाखको भात ?
पाेखरा | साउन ११, २०७९
पोखरा: कोरोना संक्रमणका दौरानमा पोखरा महानगरपालिकाले क्वारेन्टिन सञ्चालन गर्दा आर्थिक हिनामिना भएको छ ।
उक्त समयमा महानगरपालिकाले ३ स्थानमा क्वारेन्टिन सञ्चालन गरेको थियो । संक्रमणकालमा महानगरले लेकसिटी अस्पताल, पद्य नर्सिङ् होम र रेशम खेतीमा क्वारेन्टिन सञ्चालन गरेको थियो ।
क्वारेन्टिनमा ०७७ पुस मसान्तसम्म संक्रमित रहेका थिए । उक्त अवधिको हिसाबकिताबमा कुनै शंका नगरिएपनि त्यसपछिको समयमा भएको खर्चसम्बन्धी महालेखाले अनियमितता भएको जनाएको छ ।
महालेखाका अनुसार ०७७ माघ १ गतेदेखि क्वारेन्टिनमा संक्रमित रहेका छैनन् । तर त्यसयता महानगरले खाना र खाजाको नाममा दिव्या चमेना गृहलाई ६ लाख १० हजार ३०६ रुपैयाँको बिल भुक्तानी गरेको छ ।
संक्रमितनै नभएकाबेला क्वारेन्टीनमा कर्मचारी र प्रहरीले खाजा खाएको शीर्षकमा रकम भुक्तानी गरेकोमा महालेखाले ‘अनियमितता’ भनेको छ ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

